६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बेपत्ता दुई युवाको हिउँले पुरिएको अवस्थामा शव फेला

नुवाकोट- माघ ३ गते शुक्रबारदेखि बेपत्ता भएका दुई युवाको शव भेट्टिएको छ। गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हेलम्बुका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका २० वर्षीय जापान लामा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरुको शव सोमबार दुप्चेश्वर गाउँपालिका – १ घ्याङफेदीस्थित फेदीको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेट्टिएको हो।

दुप्चेश्वर गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ र होटल व्यावसायी अन्तरे तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले बेपत्ताहरुको शव फेला पारेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।

अध्यक्ष तामाङका अनुसार शवलाई जङ्गल बाहिर ल्याउने कार्य भइरहेको छ। शव परिक्षणको लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने भनिएता पनि मौसमको कारण समस्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

यसअघि गाउँपालिकाले बेपत्ताको खोजी गर्नेलाई एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ।     

प्रकाशित: १३ माघ २०७६ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App