६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बेपत्ता आयोग भैरवनाथ गणमा

काठमाडौं – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आइतबार भैरवनाथ गण र शिवपुरी क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। भैरवनाथ गण लगायतका क्षेत्रमा बेपत्ता पारिएका व्यक्तिको खोजबिन गर्ने बताएको आयोगले निरीक्षण गरेको हो। आयोगमा परेका उजुरीका आधारमा नेपाली सेनाको गणमा अध्यक्ष युवराज सुवेदीसहित सबै पदाधिकारी उपस्थिति थियो।

द्वन्द्वकालमा(२०५२ फागुन १ देखि २०६३ मंसिर ५)सम्म बन्दी राखिएको भनिएको भैरवनाथ गणका स्थलको निरीक्षण गरिएको आयोगले जनाएको छ। द्वन्द्वकालीन कतिपय घटनासँग जोडिँदै आएको शिवपुरी क्षेत्रको पनि अध्ययन गरिएको छ। द्वन्द्वको समयमा बन्दी राखिएको भनिएको घर भूकम्पले भत्किएको आयोगले जनाएको छ। द्वन्द्वको समयमा भैरवनाथ गणमा राखिएका व्यक्ति वेपत्ता पारिएको थियो। द्वन्द्वमा बेपत्ता पारिएका सबै व्यक्तिको सत्यतथ्य पत्ता लगाउने जिम्मा आयोगले पाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App