coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ । विसं २०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । बुढीनन्दा तीर्थयात्रामा गएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता भएका थिए । बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई करङ, झोला र परिचयपत्र भेटिएको थियो ।  

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर भएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए । खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता भएका थिए । 

प्रकाशित: १६ असार २०७७ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App