१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गुल्मीको रुरुमा पहिरोले घर पुर्दा एकको मृत्यु ३ बेपत्ता

शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।

पहिरोमा बिनासहित उनका दुई छोरा र डेढबर्षकी छोरी पुरीएको रुरु ५ का अध्यक्ष हरीप्रसाद ज्ञवालीले बताए  । वडाध्यक्ष ज्ञवालीका अनुसार केही बेर अघि एक बालको शव फेला परेको छ । आम र दुई जना बच्चा अझैपनि वेपक्ता रहेको  ज्ञवालीले बताए । तर प्रहरीले भने पहिरो झरेको बताएपनि बेपत्ता र मृत्तकको संख्याको पुष्टि गरीसकेको छैन । प्रहरी घटना स्थल पुगेकै छैन । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बिभिन्न स्थानमा बाटो अबरुद्ध भएकाले प्रहरीको टोली पहिरो पन्छाउदै घटना स्थल पुग्ने क्रममा रहेको बताए ।

घर माथिबाट झरेको बढेमानको ढुगा सहितको पहिरोले रुरु ५ मा घर र ४ जना व्यक्ति  पुरेको स्थानीयले बताएपनि उनीहरुको अवस्थाको बारेमा पुष्टि भइनसकेको प्रजिअ शर्माले बताए । पहिरोको जोखीममा रहेका अन्य तिन घरपरिवारलाइ सुरक्षित स्थानमा सारीएको वडाध्यक्ष ज्ञवालीले नागरिकलाई बताए ।

प्रकाशित: १६ श्रावण २०७७ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App