१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीमा बेपत्ता शाहीको शव भेटियो

बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो। उनको शव स्थानीयले भेटेका हुन।  

इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरिक्षक जनक धामीले घटनास्थलबाट झण्डै एक किलोमिटर दक्षिण रुखमा अड्किएको अवस्थामा शाहीको शव भेटिएको जानकारी दिए। उनी भजनी नगरपालिका–८ सुनाहाफाँटा नजिकैबाट बेपत्ता भएका थिए।  

आफन्तका अनुसार उनी टीकापुर नगरपालिका–१ ब्लक नं। ६ मा बस्दै आएका थिए। भजनी नगरपालिका–८ काँडामा रहेका परिवारका सदस्य बाढीमा फसेको खबर पाएपछि उद्दारका लागि त्यसतर्फ जाने क्रममा दुर्घटना भएको हो।  

उनीसँगै बेपत्ता भएका अर्का चक्र विकको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजी कार्य जारी रहेको इञ्चार्ज प्रहरी निरिक्षक धामीले जानकारी दिएका छन्।  

मृतक शाही र बेपत्ता विकसँगै हेमन्त शाह र बिक्की शाह समेत बाढीमा बगेका थिए। उनीहरु दुईजनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए। उनीहरु सबै भजनी नगरपालिका–८ काँडामा रहेका परिवारको उद्दार गर्न हिँडेका थिए।  

बाढीमा बगेर बेपत्ता भएका अर्का भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका बालक स्केल चौधरीको शव हिजै भेटिएको थियो। नेपाली सेनाको उद्दार टोलीले बालक चौधरीको शव घटनास्थल भन्दा तल भेटेको थियो।

प्रकाशित: १६ श्रावण २०७७ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App