२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

स्वास्थ्यकर्मी धमाधम बिरामी, सेवा प्रभावित

कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।

परीक्षा स्थगित भए पनि शुक्रबार र शनिबारको त्रिवि परीक्षा हुने

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।

सर्वोच्चले पनि सेवा खुम्चायो

संक्रमणका कारण अदालतमा सबै जनशक्ति उपस्थित हुन नसक्दा सेवाग्राहीलाई मर्का पर्ने भएकाले सेवा खुम्चाउनुपरेको प्रशासनको भनाइ छ।

चिसोले बिरामी पारेको भन्दै संक्रमित घरैमा

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले सर्वत्र त्रास बढाएको छ। गण्डकी प्रदेशको मुकाम पोखरामा पनि पछिल्लो समय कोरोना संक्रमण तिब्र छ। गण्डकी प्रदेशका सबैजसो जिल्लामा अहिले संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । शून्यमा झरेको संक्रमण अहिले धमाधम उकालो लागिरहेको निर्देशनालयले बताएको छ।

स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित

टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

मोरङमा कोरोना संक्रमण तीव्र, प्रशासनको निर्देशन अवज्ञा

मोरङमा दैनिक कोरोना संक्रमितको संख्या तीव्र रुपले बढी रहेको छ। आइतबार १ सय ६६ संक्रमित फेला परेकोमा सोमबार २ सय २७ जना संक्रमित फेला परेका परेका छन्।

माइबेनीमा लाग्यो धार्मिक मेला

कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।

खोप लगाएकामा कोरोनाको असर कम

सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्तो संकेत गरेका हुन्।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धरानको दुईवटा वडामा सेवा बन्द

एक सातायता धरानमा भएका भिडभाडका कार्यक्रमहरुले संक्रमण फैलाउन भूमिका खेलेको अनुमान गरिएको छ।

७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्टः सुरक्षित रहन चिकित्सकको सुझाव

छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनको चार बुँदे आदेश

आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ।

माघ १५ सम्म विद्यालय बन्द

मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।

तत्कालै लकडाउन नहुने

समितिको निर्णयअनुसार सार्वजनिक स्थानमा सबै प्रकारका राजनीतिक तथा सामाजिक क्रियाकलापमा धेरैको उपस्थिति हुनेगरी कार्यक्रम गर्ने, गर्नैपर्ने कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्ने, भेला तथा महोत्सव आयोजना नगर्नेगरी गृहले सिफारिस पठाउनुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्