२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

थप ४ हजार ९६१ जना कोरोना संक्रमण, तीनको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९६१ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा गरी सो संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन्। आज देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: २ माघ २०७८ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App