२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मोरङमा कोरोना संक्रमण तीव्र, प्रशासनको निर्देशन अवज्ञा

मोरङमा दैनिक कोरोना संक्रमितको संख्या तीव्र रुपले बढी रहेको छ। आइतबार १ सय ६६ संक्रमित फेला परेकोमा सोमबार २ सय २७ जना संक्रमित फेला परेका परेका छन्।

दिनहुँ संक्रमितको संख्या तीव्र रुपमा बढी पनि भेला, मेला, महोत्सव आयोजना गर्ने र भीडभाड हुने गतिविधि राकिएको छैन। बजार, पसल व्यापारिक महललगायतका स्थानमा भीडभाड अनियन्त्रित जस्तै छ। मोरङ प्रशासनले कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि निर्देशन जारी गरेको छ। तर, प्रशासनको अवज्ञा गर्दै विभिन्न भीडभाड हुने गतिविधि निर्वाध रुपमा सञ्चालन भइरहेको छ।  

बिहीबार मध्यरातबाट लागू हुने गरी प्रशासनले भेला, महोत्सव, सभा सम्मेलन, खेलकुदका कार्यक्रमसहित २५ जनाभन्दा बढीको संख्यामा कार्यक्रम नगर्न निर्देश गरेको छ। भेला जम्मा हुनै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु पर्नेलगायतका निर्देशन स्वयं सरकारी निकायबाट समेत पालना भएको देखिँदैन। स्वयं सरकारी निकायले नै विभिन्न भेला, उद्घाटन, गोष्ठीलगातको भीडभाड हुने गरी कार्यक्रम आयोजना गरेका छन्। जिल्लाका विभिन्न ठाउँमा महोत्सव र अन्य भीडभाड हुने कार्यक्रम गर्न अनुमति प्रशासनले दिँदा कोरोना संक्रमण फैलिरहेको छ।  

मोरङ प्रशासनले जारी गरेको निर्देशनमा सर्वसाधारण, पसलका व्यापारीलगायत भीडभाडमा जानेले अनिवार्य मास्क लगाउनु पर्ने भनेको छ। यदि मास्क नलगाएको भेटिए सर्वसाधारणलाई १ सय र व्यापारीलाई ५ हजार रुपैयाँसम्म जरिवान गर्ने भनेर सूचना जारी गरे पनि त्यस सूचनाको कसैले पनि पूर्ण रुपमा पालना गरेको पाइँदैन।  

मोरङका सहायक जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले जारी गरिएको निर्देशन अवज्ञा भएको स्वीकार गरे। ‘कोरोना महामारीबारे हामी सबै जानकारीमा छौं,’ प्रवक्ता पोखरेलले भने, ‘तर, दुःख लाग्दो कुरा बुझेकाहरुबाट नै निर्देशन उल्लंघन भइरहेको छ। भीड गरेर गरिने कुनै पनि कार्यक्रम गर्न हुने वा नहुने प्रशासनले स्पष्ट पारे पनि सबै बुझ्नेहरु नै हुनुहुन्छ। यस्तै रहे हामी कडाइका साथ अघि बढ्ने छौं।’  

मोरङ प्रशासनकै आँगन विराटनगरमा भीडभाड हुने धेरै कार्यक्रम आयोजना भइरहे पनि त्यसलाई बन्द गर्न सकेको छैन। त्यस्ता कार्यक्रमका अतिथि बनेर स्वयं सरकार, सरकारी निकायका जिम्मेवार व्यक्तिहरु नै जाने गरेका छन्।  

प्रशासनले जारी गरेको निर्देशन पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा संक्रमणको दरमा वृद्धि भएको विराटनगरका ठाकुर रेग्मीले बताए। उनले ३ तहको सरकार रहेको र कसले के काम गर्ने भन्ने स्पष्ट नीति नियम नहुँदा पनि संक्रमण नियन्त्रणका लागि ठोक काम नभएको हो। भीडभाड नगरौं भन्दै सरकार र प्रशासनले सूचना जारी गर्छन्। उनीहरु नै भीडभाड हुने कार्यक्रम गर्छन्।

रेग्मीका अनुसार प्रशासनले जारी गरेको निर्देशन कसैले पनि पालना गरेको पाइँदैन। प्रशासनले निर्देशन जारी गर्ने, तर प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा बजार क्षेत्रमा सर्वसाधरण र पसलेहरु मास्क लगाउनेको संख्या थोरै मात्र भेटिन्छ।

प्रकाशित: ३ माघ २०७८ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App