१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भरतपुरमा ७० प्रतिशत मत गणना सकियो, रेणुको अग्रता ७ हजार नाघ्यो

चितवनको भरतपुर महानगरपालिकाको ७० प्रतिशत मत गनेर सकिएको छ। ९ दिनको अवधिमा ८८ हजार २८४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।

बुटवललाई विकासमा अग्रणी र स्वाभिमानी सहर बनाउने लक्ष्य छः नवनिर्वाचित मेयर पाण्डे

बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं। ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं। तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौं। मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी स्थानीयलाइ बिस्थापित हुन नदिइ उनीहरुको उचित व्यवस्थापन पछि औद्योगिक क्षेत्रको काम अघि बढाउन नगरले खेल्न सक्ने र पर्ने भूमिका निर्वाह गर्नेछौं। सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ।

साझा योजना बनाएर अघि बढ्छौंः मेयर कोइराला

विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले मिलेर विराटनगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

पोखराः ८६ हजार मत गन्दा धनराजलाई ३४ सय ४५ बढी

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पुर्‍याएका हुन्।

पोखरामा धनराज ३३ सय ८७ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।

पोखरा एमालेमा ‘घात–अन्तर्घात’

पृथ्वीसुब्बा गुरुङले जे चाहेका थिएनन्, त्यही भयो। पोखरामा दीपक पौडेलले मेयरमा पाएको टिकट खोसियो। कृष्ण थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको खगराज अधिकारी पक्षको आरोप छ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

एमालेभित्रै अन्तरघात भएको हो त?

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।

काठमाडौं महानगरपालिकाको व्यवस्थापकीय कमजोरीका कारण सहर दुर्गन्धित

काठमाडौं महानगरपालिकाको व्यवस्थापकीय कमजोरीका कारण महानगरभित्र फोहोर मैला व्यवस्थापन अस्तव्यस्त भएको छ।

काठमाडौँ महानगरपालिका–३० मा कांग्रेस विजयी

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन्। कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे।

सुदूरमा उदाउँदैछन् स्वतन्त्रका गोपाल हमाल, सहर बाहिरका वडाहरुको पनि साथ

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरणले अग्रता लिइरहेका छन्।

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।

पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले जित हात पार्दा सदस्यहरुमा भने मिश्रित नजिता आएको छ।

पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ पुर्‍याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्