coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुरमा ७० प्रतिशत मत गणना सकियो, रेणुको अग्रता ७ हजार नाघ्यो

चितवनको भरतपुर महानगरपालिकाको ७० प्रतिशत मत गनेर सकिएको छ। ९ दिनको अवधिमा ८८ हजार २८४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।

जारी मत गणनामा भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लागेकी छिन्। उनले ७ हजार ३१४को मतान्तर बनाएकी छिन्। ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले ३४ हजार६८४ मत प्राप्त गरेकी छिन्।

दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन्। सुवेदीले एमालेले जितेका वाडमा समेत राम्रो मत ल्याउन सकेका छैनन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले ११हजार ७२०मत प्राप्त गरेका छन्।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडी बढेका छन्। उनले ३६ हजार ८९३ मत प्राप्त गरेका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले २२ हजार ६२१ मत ल्याएकी छिन्।

२९ वडा रहेको भरतपुरमा १७ वटा वडा गनेर सकिएको छ। अहिले १८र १९ नम्बर वडाको मत गणना जारी छ। यी दुवै वडामा एमालेका उम्मेदर अगाडि छन्। तर दाहाललाई भने  सुवेदीलाई भन्दा बढी मत गएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App