८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा महानगरः वडामा मिश्रित परिणाम

पोखरा महानगरका वडाहरुको मत परिणाम आउँदै गर्दा वडाहरुको विकासको लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको संकेत स्पष्ट देखिन थालेको छ। पोखराका ३३ वडा मध्ये २० वडाको नतिजा आउने संघारमा छ। अहिलेसम्म मत परिणाम आइसकेका वडाहरुमा अध्यक्षमा एउटा दलका उम्मेदवारले जित हात पार्दा सदस्यहरुमा भने मिश्रित नजिता आएको छ।  

पाँचवर्ष अघि नेकपा एमालेले पडक बनाएको वडाहरुमध्ये केही वडामा जितलाई दोहो¥याएको छ। तर अधिकांश वडालाई एमालेले गुमाउन पुगेको नतिजाले प्रष्टयाएको छ। अघिल्लो पटक पोखरा– १ मा नेकपा एमालेले प्यानलै जितेकोमा अहिले पनि प्यानलै जितेको छ। बाँकी २, ३, ४ वडा नेपाली काँग्रेसले प्यानलै जितलाई दोहो¥याएको छ।  

वडाहरुमा चुनाव अघि बनेको पाँचदलीय गठबन्धनले प्रत्यक्ष प्रभाव पारेको छ। पोखराकै वडा नं ६ बैदाम(लेकसाईड) मा वडाध्यक्ष नेकपा एमालेले जित्यो, अघिल्लो पटक त्यहाँ कांग्रेसले जितेको ठाउँ हो। सदस्यमा काँग्रेस र नेकपा एमालेले बाँडफाँड गर्यो। त्यसैगरी वडा नं २३ चापाकोटमा पनि गठबन्धनका वडाध्यक्षले विजयी हासिल गर्दा बाँकी सदस्य भने नेकपा एमाले र नेपाली काँग्रेसका सदस्यहरुले जित हात पारेका छन्।  

‘मत आएको आधारलाई हेर्दा मतदाताले उम्मेदवारको अनुहारलाई ख्याल गरेर दिएको प्रष्ट देखिन्छ,’ राजनीति बारेका जानकार आनन्दराज मुल्मीले भने, ‘पार्टी भन्दा माथि राखेर उम्मेदवारको अनुहारलाई मत दिए।’ पार्टीकै सदस्य लिएका मतदाता कम छन्। सबै मतदाता पार्टीको सदस्य पनि होईनन। मतदाता केवल शुभेच्छुक मात्रै हुन्। ‘पार्टीको सदस्य लिएकाहरुले पार्टी हेरे। तर शुभेच्छुकहरुले उम्मेदवार हेरेका छन्,’ उनको भनाई थियो।  

मत परिणाम अनुसार पोखरा २४ कास्कीकोटको नतिजा पनि मिश्रित छ। वडाध्यक्षमा नेपाली काँग्रेसले जित्दा सदस्य भने काँग्रेस र नेकपा एमालेको बाँडिएका छन्। त्यस्तै पोखरा–२५ हेमजा पनि वडाध्यक्ष नेपाली काँग्रेसले आफनो बनाउँदा सदस्यमा भने नेकपा एमालेले जितेको छ। दुवै वडा पाँचवर्ष अघि नेकपा एमालेले आफनो पक्षमा पारेको थियो।  

‘दोहोरिएर आएका अनुहारलाई पनि मतदाताले नरुचाएको अवस्था छ,’ मुल्मीको भनाई थियो, ‘मतदाताले परिवर्तन चाहेका छन्। युवा पुस्तालाई खोजेका छन्। मत परिणामको ट्रेण्ड देशैभर त्यस्तो देखिएको छ। मतदाताको मत क्रस भएर गएका छन्।’  

‘पार्टी मात्रै हेरेनन्। काम गर्ने क्षमता भएका युवापुस्ता मतदाताले रोजेका छन् भन्ने अहिलेको परिणामले देखाउाछ,’ पोखरा–१३ वडाध्यक्षमा रहेर काम गरिसकेका दर्शन लामाले भने, ‘मतदाताको मतलाई नियाल्दा राजनीतिक दलहरुले अब सोच्नुपर्ने बेला आएको देखिन्छ।’ लामा पोखरा–१३ का पाँच वर्ष अघि निर्वाचित वडाध्यक्ष समेत हुन्। उनको वडामा अहिले नेपाली काँग्रेसले वडाध्यक्ष जितेको छ। चुनावमा मतदाताले दिएको मतलाई अध्ययन गर्दा परिवर्तन चाहेको देखिएको छ। ठूला राजनीतिक दलहरुले पुरानै ढर्रामा अगाडि बढ्न हुदैन भन्ने सन्देश मतदाताले दिएका छन्।  

स्थानीय तहको निर्वाचन राजनीतिक पार्टीको होईन भन्ने सन्देश दिएको राजनीतिक विश्लेषक सुरेद्र थापा मगरले बताए। ‘स्थानीय तहको निर्वाचन राजनीतिक पार्टीको होईन भन्ने सन्देश दिएको छ। स्थानीय तह भनेको स्थानीयको गुनासो सुन्ने व्यक्ति चाहिन्छ, हुनुपर्छ भन्ने संकेत हो,’ उनको भनाई थियो। उनले पार्टीको कार्यशैली, नेताको आचारणलाई आफनै पार्टीका मतदाताले पनि नरुचाएको बताए। ‘पार्टीले भनेको कार्यकर्ताले मान्छन नै भन्ने छैन,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनका परिणामले आगामी चुनावमा प्रभाव पर्न सक्छ।’  

प्रकाशित: ५ जेष्ठ २०७९ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App