७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

पोखरामा धनराज ३३ सय ८७ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ।

सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८७ मत पुर्‍याएका हुन्।

हालसम्म ८५ हजार १ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ३ सय ३६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले ३० हजार ९ सय ४९ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ८ सय ३५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पुनः अग्रता लिएकी छिन्। गए रातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ सय ६५ मतले पछाडि पारेकी छिन्।

नेकपा एमालेकी उम्मेदवार गुरुङले ३५ हजार ३ सय १२ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई कांग्रेसकी रानाभाटले ३४ हजार ८ सय ४७ मत ल्याएर पछ्याइरहेकी छिन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ७ सय ३६ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App