पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन्।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पुर्याएका हुन्। हालसम्म ८६ हजार २ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ८ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्।
उनलाई एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ८ सय ८१ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ३ सय ५० मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छिन्।
गए रातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ५ सय १० मतले पछाडि पारेकी छिन्। नेकपा एमालेका उम्मेदवार गुरुङले ३५ हजार ७ सय ९९ मत ल्याएर अग्रता लिएकी छिन्।
उनलाई कांग्रेसकी रानाभाटले ३५ हजार २ सय ८९ मत ल्याएर पछ्याइरहेकी छिन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ७ सय ७७ मत प्राप्त गरेकी छिन्।
प्रकाशित: ७ जेष्ठ २०७९ ०९:५१ शनिबार