१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज

५२ हजार ८१७ मत गणना गर्दा धनराजलाई २४९५ मतको अग्रता

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ पुर्‍याएका हुन्।

हालसम्म ५२ हजार ८ सय १७ मत गणना सम्पन्न हुँदा आचार्यले २१ हजार ८ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत ल्याएर पछ्याईरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले २ हजार १ सय ८६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ९ मतले उछिनेकी छन्। एमालेकी गुरुङले २२ हजार १ सय ३१ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले २२ हजार १  सय २२ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार ९ सय ४९ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App