२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भीमफेदी-कुलेखानी सडकखण्डमा सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड अन्तर्गत जुरिखेतमा दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। साँझ ५:२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको थियो।

दुर्घटनामा सुमोमा सवार सबै ९ जना घाइते भएका छन्। घाइते हुनेहरूमा ६ जना पुरुष, १ महिला र २ जना बालबालिका रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने दुई बालबालिकाको अवस्था मध्यम रहेको छ।

उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० पुस २०८२ १९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App