२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

बेङ्गलुरुमा आइपिएलका खेल हुने

गत वर्ष स्टेडियम बाहिर भएको भाग दौडका कारण ११ जना समर्थकको मृत्यु भए पनि यस सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल) का खेलहरू फेरि बेङ्गलुरुमा आयोजना हुने भएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ठूलो मानवीय क्षति भएको बेङ्गलुरुमा यस सिजनको आइपिएल हुने बुधबार जानकारी दिएको हो। गत जुन महिनामा रोयल च्यालेन्जर्स बेङ्गलुरुले आइपिएल इतिहासमा आफ्नो पहिलो उपाधि जितेको थियो। त्यसको उत्सव मनाउन परेड आयोजना गर्दा एम चिन्नास्वामी स्टेडियमनजिक भाग दौड हुँदा दर्जनौं मानिस घाइते भएका थिए। पछि अधिकारीहरूले संरचनागत कमजोरी तथा भीड व्यवस्थापनमा कमी भएको भन्दै उक्त मैदानलाई असुरक्षित ठहर गरेका थिए।

केही महत्त्वपूर्ण खेलहरू अन्य स्थानमा सारिएको पनि थियो तर बिसिसिआईले आवश्यक निरीक्षणपछि सोही स्टेडियममा खेल आयोजना गर्न अनुमति दिन सकिने जनाएको छ। यस वर्ष मार्च आगामी २८ तारिखदेखि आइपिएल सुरु हुने तयारीमा छ। बिसिसिआईका अनुसार कर्नाटक राज्य सरकारले गठन गरेको विशेषज्ञ समितिले स्वीकृति दिएपछि मात्र बेङ्गलुरुमा खेल आयोजना हुनेछ। ‘समितिले आगामी मार्च १३ तारिखमा एम चिन्नास्वामी स्टेडियमबारे निरीक्षण गर्नेछ। जहाँ खेलको दिन हुने सम्पूर्ण व्यवस्थाको पूर्ण अभ्यास गरिनेछ,’बिसिसिआईले लोकप्रिय ट्वान्टी–२० फ्रेन्चाइज लिगको पहिलो चरणको तालिका सार्वजनिक गर्दै जनाएको छ।

प्रतियोगिता अवधिमा तीन राज्यमा हुने स्थानीय चुनावको मिति तय भएपछि बाँकी खेलतालिका सार्वजनिक गरिने बोर्डले उल्लेख गरेको छ। रोयल च्यालेन्जर्स बेङ्गलुरुले यस सिजनमा एम चिन्नास्वामी स्टेडियममा पाँच वटा घरेलु खेल खेल्ने तालिका छ। सन् २००८ मा सुरु भएको आइपिएल अहिले विश्वकै सबैभन्दा धनी क्रिकेट लिग बनेको छ। जसले भारतीय अर्थतन्त्र र बिसिसिआईलाई अरबौं डलरको आर्थिक योगदान दिएको छ।

रोयल च्यालेन्जर्स बेङ्गलुरुले आइपिएल इतिहासमा आफ्नो पहिलो उपाधि गत जुनमा जितेको थियो। त्यो उत्सव मनाउन भएको ¥यालीमा एम चिन्नास्वामी स्टेडियमनजिक भाग दौड हुँदा दर्जनौं मानिस घाइते भएका थिए। पछि अधिकारीहरूले संरचनागत कमजोरी तथा भीड व्यवस्थापनमा कमी भएको भन्दै उक्त मैदानलाई असुरक्षित ठहर गरेको थियो। तर, बिसिसिआईले आवश्यक निरीक्षणपछि सोही स्टेडियममा खेल आयोजना गर्न अनुमति दिन सकिने जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App