७ वैशाख २०८१ शुक्रबार

पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५ पुर्‍याएका हुन्।

पोखरा महानगरः हिजो दोस्ती, आज प्रतिश्पर्धी

पाँच वर्षअघिको चुनावमा पोखराका हालका मेयर मानबहादुर जिसीलाई जिताउन लागिपरेका धनराज आचार्य अहिले एमालेकै लागि टाउको दुखाई र चुनौतीको पहाड बनेर अघिल्तिर उभिएका छन्। कारण? जिसीको कार्यकाल नसकिँदै पार्टी विभाजन हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य एमालेकै उम्मेदवार कृष्ण थापासँग प्रतिश्पर्धा गर्न पोखरा महानगरको मैदानमा ओर्लिएका छन्। यतिसम्म की २०५४ मा थापालाई पोखराको मेयर बनाउन उनै आचार्यको पनि भूमिका थियो।

कृष्णलाई जोशी स्मृति बुद्धिचाल उपाधि

हेटौंडा कृष्ण थापाले कुल १० अंकका साथ राजेशहरि जोशी स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा हेटौंडाका कृष्णले एघारौं चरणमा बद्रीलाल नेपालीलाई हराउँदै उपाधि जितेका हुन्।

सर्वोच्चद्वारा आफ्नै अन्तरिम आदेश खारेज

सर्वोच्च अदालतले एक साताअघिको आफ्नै अन्तरिम आदेश खारेज गरेको छ। उक्त आदेशसँगै गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद पनि खारेज गरिएको छ।

जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा पुनः पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन् । बागलुङ १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेश सभा सदस्य पदबाट दोश्रो पटक पदमुक्त भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्