२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

मुलुकमा बढ्दो धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।  

सङ्घीय गणतान्त्रिक गठबन्धन तथा यसमा आबद्ध नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीको तर्फबाट आइतबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको हो।  

ज्ञापनपत्रमा पछिल्लो समय केही उग्र, असामाजिक तथा आपराधिक तत्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसंख्यक समुदायमाथि आक्रमण गर्दै सामाजिक सद्भाव विखण्डन गर्न खोजिरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधि केवल आपराधिक नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र मुलुकलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको अंश भएको निष्कर्ष ज्ञापनपत्रमा निकालिएको छ।

ज्ञापनपत्र बुझाउन मधेस प्रदेशकी पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारी, नेपाल संघीय समाजवादी पार्टीका उपमहासचिव जनकबहादुर कार्की, पार्टीकी उपाध्यक्ष सीमा खान, उपमहासचिव जावेद अन्सारी तथा केन्द्रीय सदस्य निर्मला बरालसहितको टोली थियो ।  

 

प्रकाशित: २० पुस २०८२ १९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App