निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
त्यसैगरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका ८८ जना राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ।
प्रकाशित: २० पुस २०८२ १९:२६ आइतबार





