५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

यशराज स्टुडियोमा वरुण र जितुबिच भेट

अभिनेता जितु नेपालले मुम्बईको यशराज स्टुडियोमा बलिउड अभिनेता वरुण धवनसँग भेट गरेका छन्। जितुले सामाजिक सञ्जालमा तस्बिर राख्दै  यसबारे जानकारी दिएका हुन्।

उनले वरुणलाई रुद्राक्षको माला उपहार दिएर शुभकामना दिएका हुन्। जितु हाल आफ्नो आगामी चलचित्र ‘आइएम जीतबहादुर’ को डबिङका लागि मुम्बईमा छन्।

भेटका क्रममा वरुणले पनि जितुको फिल्मलाई शुभकामना दिएका थिए। 

जितुले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेका छन्, ‘मेरो पछाडि उहाँको डबिङ थियो। कुरा गर्दा गर्दै उहाँ आउनुभयो। हाम्रो निर्देशक (शुभेन्दु घोष) ज्यूले परिचय गराउनुभयो। नेपालबाट कमेडियन भनेपछि गफ अगाडि बढ्यो। मैले भने– ‘आपका और मेरा एक ही स्टुडियो में डबिंग होने का मुझे मालूम था इसलिए पशुपतिनाथ का प्रसाद भी लाया हूँ।’

उनले अगाडि भनेका छन्, ‘यो सुनेर झन् खुसी हुँदै उहाँले दिजिए भन्नुभयो। मैले रुद्राक्षको माला लगाइदिएर शुभकामना दिएँ। डबिङ हुँदै गरेको बरुण जीको फिल्म “है जवानी तो इश्क होना ही है” को लागि उहाँले पनि “आइएम जीतबहादुर” को लागि शुभकामना दिनुभयो।’

प्रकाशित: ५ फाल्गुन २०८२ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App