उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बिचका प्रतिस्पर्धा भएको बताएका छन्।
भरतपुर महानगरपालिका-१० चौबिसकोठीमा आज आयोजित चुनावी सभामा उनले अब आममतदाताले काम गर्नेलाई चिन्नुपर्नेमा जोड दिए। काम गर्ने र देशमा परिवर्तन गर्ने ध्येयसहित आफ्नो पार्टीको उदय भएको भन्दै अध्यक्ष घिसिङले आफ्नो अभियानमा साथ दिन आग्रह गरे।
उनले भने, 'हामी देश र जनताको भविष्य उज्यालो पार्न आएका छौँ। यसमा जनताले साथ दिनुपर्यो।'
पार्टीका जिल्ला संयोजक समीर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक, चितवनका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: ५ फाल्गुन २०८२ १७:२५ मंगलबार





