५ आश्विन २०८१ शनिबार
image/svg+xml

पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

‘घटनास्थल एकदमै दुर्गममा छ। सडक छैन। लाश पोष्टमार्टम गर्नका लागि अस्पताल लैजानै कठिन भएको छ ।’ डिएसपि सुवेदीले भने ‘समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीलाई भनेको छु। घटनास्थलमा प्रहरीले घाईतेको उद्धार गरिसकेको छ।’

पहिरोले ग्रामिण सडक अवरुद्व

धेरै ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका हुन्। बर्खामा कच्ची सडक पहिरो र हिलाम्य हुँदा यातायातका साधन चल्न नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।

बाढीपहिरोले ३१ सडक खण्ड अवरुद्व

सडक विभागले पछिल्लो समय आएको बाढीपहिरोले विभिन्न राजमार्गको ३१ सडक खण्ड अवरुद्व भएकोमा बिहीबार बेलुकासम्म चारवटा सडक दुवैतर्फ खुलाएको जनाएको छ। १२ खण्ड अहिलेसम्म खुलाउन सकेको छैन।

बाढीपहिरोले विस्थापितलाई बेनी नगरले आपतकालीन राहत स्वरुप १५ हजार दिने

बेनी नगरपालिकाले बाढीपहिरोको कारण पूर्णरूपमा विस्थापित भएकालाई तत्काल आपतकालीन राहत स्वरूप १५ हजार नगद सहयोग गर्ने भएको छ ।

सिन्धुपाल्चोक पहिरोले क्षतिग्रस्त: ५० जना बेपत्ता, घरहरू बगाउने क्रम राेकिएन

सिन्धुपाल्चोकको हेलम्बु पहिरोले क्षतिग्रस्त भएको छ। खोलामा उर्लिएर आएकाे बाढीलेमंगलबार बेलुका करिब ६ बजे गएको पहिरोका कारण त्यहाँका बस्ती,माछा फर्म बगाएको छ।

अजिरकोटमा पहिरोले पाँच परिवार विस्थापित

लगातारको वर्षा पछिको पहिरोले घर बगाएपछि गोरखाको अजिरकोट गाउँपालिका १ धनसिरा साउनेपानीमा पाँच परिवार विस्थापित भएका छन्। दिनदिनै वर्षात भईरहेकाले अन्य घर पनि जोखिममा परेको गाउँपालिका उपाध्यक्ष चन्द्रा गुरुङले बताईन्।

पहिरोले खोस्यो खुशी

कालिकोटको महावै गाउँपालिका–३ नकु गाउँका रजबहादुर र डिलबहादुर विष्ट दुई दाजुभाई हुन् । दुबैको आँगन जोडिएको छ । दुबै दाजु–भाईका छोराछोरी सुर्खेत र नेपालगञ्जमा सँगै अध्ययन गर्ने भएकाले विदामा घर जाँदा पनि उनीहरु छुट्टिदैनन् । बन्दाबन्दीका कारण सुर्खेतमा अध्ययनरत रजबहादुरका १८ वर्षीय छोरी सविना, १३ वर्षीय पुष्प, ११ वर्षीय प्रविण विष्टसँगै डिलबहादुरका १९ वर्षीया छोरी शान्ति र १० वर्षीया रेशा विष्टसँगै घर पुगे ।

पहिरोले छिया–छिया पार्‍यो गुल्मीका गाउँ

यो वर्षको वर्षाका कारण पहाडी क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ। अविरल वर्षापछि आएको पहिरोका कारण सिंगो गाउँ नै विस्थापित भएको छ।

पहिरोले घर पुर्दा कालिकोटमा मृत्यु हुनेको संख्या १० पुग्यो

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जनाको मृत्यु भएको छ । पहिरोमा परेका एक जना बेपत्ता भएका छन् भने चार जना घाइते छन् ।

कालिकोट पहिरो : घर पुर्दा नौ जनाको मृत्यु (अपडेट)

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढाको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको हो ।

तनहुँको भानुमा पहिरोले पुरिएर एकै परिवारका दुईको मृत्यु

अविरल वर्षा संगै आएको पहिरोले घर पुरिँदा तनहुँको भानुमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–९ सिमलगैह्राका ८० वर्षीया तिलमाया धौराली र उनकी नातिनी १५ वर्षीया सीताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए ।

गुल्मीमा पहिरोले च्यापेर एक जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरीएर आज एक जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउन गएका बेला पहिरोमा पुरीएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षे यमबहादुर श्रीसको ज्यान गएको हो ।

रुकुमपश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता

रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

पाल्पामा चार वटा सवारी साधन पहिरोले बगायो, दुई जनाको मृत्यु

पाल्पा गुल्मी सडकखण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउदा दुई जनाको शव फेला परेको छ । सोमबार साँझ तानसेन नगरपालिका वडा न. ११ सम्मोबारी भन्ने ठाउँमा गुल्मीतर्फ जाँदै गरेका सवारी साधनलाई पहिरोले बगाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्