२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोले घर पुर्दा कालिकोटमा मृत्यु हुनेको संख्या १० पुग्यो

एक बेपत्ता, चार घाइते

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जनाको मृत्यु भएको छ । पहिरोमा परेका एक जना बेपत्ता भएका छन् भने चार जना घाइते छन् । नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा नौ जानको मृत्यु भएको हो भने महावैमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढा र वडा नं. ४ को माझगोठीका बाले बुढाको घर बगाएको हो । डिएसपी श्यामबाबु ओलियाले बाँगाका नरहरिनाथ गाउँपालिका–७ बाँगाका ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १६ वर्षीइा छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको छ । विमलालाई बुधबार विहान स्थानीयले उद्दार गरेर कुमालगाउँ स्थास्थ्य चौकी पुर्‍याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

‘गंगे बुढाको ११ जनाको परिवारमध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भए,’ डिएसपी ओलियाले भने, ‘बाँकी छ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भयो ।’ नरहरिनाथ गाउँपालिका–४ कै माझगोठीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । डिएसपी ओलियाका अनुसार ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६३ वर्षीया मन बुढाको मृत्यु भएको छ । 

यस्तै कालिकोटकै महावै गाउँपालिका–७ कोटवाडा बुधबार दिउँसो घरमाथिबाट आएको डुंगाले भत्काउँदा सात वर्षीया संगीता भण्डारीको मृत्यु भएको छ । प्रहरीका अनुसार तुल महाताराको घरमा खेल्दै गरेका गाउँका छ जना बालबालिकामध्ये भण्डारीको मृत्यु भएको हो । चार बालबालिकाको उद्दार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोमा १२ वर्षीय बालक गणेश महतारा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । ‘विपद्मा प्रभावित परिवारहरुको पीडा मलाई गहिरोसँग महशुस भएको छ,’ स्वकीय सचिव खेमबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विपद् प्रभाविकहरुको उद्दार, राहात, पुर्नस्थापना एवम् मृतकका परिवारलाई तत्काल प्रदेश सरकारद्वारा स्थापना गरिएको विमा रकम उपलब्ध गराउन र थप सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिन्छु ।’

प्रकाशित: १४ श्रावण २०७७ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App