७ वैशाख २०८१ शुक्रबार
समाज

रुकुमपश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता

रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । रुकुम पश्चिम आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता दमाई र छोरा ६ वर्षीय हाविलको मृत्यु भएको हो ।

शुक्रबार बिहान ६ बजेतिर पहिरोले घर पुरिदिँदा उनकी छोरी ८ वर्षीया हिरा परियार घाइते भएकी छिन् । घाइतेको उद्वार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तुलबहादुरको एक तले पुसको घर पहिरोले पुरेको हो । त्यस्तै जाजरकोटस्थित बारेकोट–४, सार्के गाउँमा गोपाल सार्की र कल्लु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । सोमध्ये एकजनाको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बास्तोलाले जानकारी दिए । अहिले उद्वार कार्य भइरहेको छ । अवीरल बर्षा हुँदा उद्दार कार्यमा समस्यासमेत देखिएको प्रहरीको भनाइ छ ।

ठूलो पहिरो आएकाले गाउँका अन्य व्यक्तिलाई आधारभूत विद्यालयमा राख्ने काम भइरहेको प्रहरीको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित: २६ असार २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App