२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालिकोट पहिरो : घर पुर्दा नौ जनाको मृत्यु (अपडेट)

फाइल फाेटाे ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा नौ जानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढा र वडा नं. ४ को माझगोठीका बाले बुढाको घर बगाएको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बाँगाका ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १६ वर्षीइा छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको हो। विमलालाई बुधबार विहान स्थानीयले उद्दार गरेर कुमालगाउँ स्थास्थ्य चौकी पुर्यााएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

‘गंगे बुढाको ११ जनाको परिवार मध्ये घर बगाउने समयमा चार जना भाग्न सफल भए,’ डिएसपी ओलियाले भने, ‘बाँकी छ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भयो।’  

नरहरिनाथ गाउँपालिका–४ को माझगोठीमा पनि पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ। डिएसपी ओलियाका अनुसार ६५ वर्षीय बाले बुढा र उनकी श्रीमति ६३ वर्षीया मन बुढाको मृत्यु भएको छ। गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्यामएको बताए। उनले खुलालु बजार पनि बाढीले बगाएको जानकारी दिए।

 

प्रकाशित: १४ श्रावण २०७७ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App