५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले ग्रामिण सडक अवरुद्व

ढोल्यामोड–पुर्चौडीहाट सडकखण्डमा पहिरो खसेपछि हिलोमा फसेको ट्रकलाई ट्याक्टरले तान्दै। तस्बिरः बिरा/नागरिक

लगातारको वर्षले बैतडीका अधिकांश ग्रामीण सडकह अवरुद्व भएका छन्। धेरै ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका हुन्। बर्खामा कच्ची सडक पहिरो र हिलाम्य हुँदा यातायातका साधन चल्न नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।

सडक अवरुद्ध पाटन–पञ्चेश्वर, ढोल्यामोड–पुर्चौडी, सतबाँझ–सुर्नया, ढोल्यामोड–सुर्नया, देहीमाण्डौं–गिरेगडा, आनरखोली–कैलपाल, विफ्यकटाल–सिगास, पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाण्डौं सडक, देहीमाण्डौं–दुर्गाभवानी सडक लगायतका सडक अवरुद्व भएका छन्।  

स्तरोन्नतीको काम भइरहेको सतबाँझ–सुर्नया सडकमा जम्मा भएको माटो वर्षाले बगाउँदा उक्त सडकमा सवारी आवागमनमा समस्या भएको सुर्नया गाउँपालिका–५ का देवबहादुर महराले बताए। यस्तै ढोल्यामोड–पुर्चौडी सडक पनि स्तरोन्नतीको काम भइरहेका बन्द भएको छ। 

यस अघि बर्खामा पनि उक्त सडक सन्चालन हुँदै आएको थियो। कच्ची सडकमा वर्षातको समयमा पहिरो खस्ने भएकाले बर्सेनि अवरुद्व हुँदै आएका छन्। सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन समस्या हुने यातायात व्यवसायी बताउँछन्।

जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्व हुँदा स्थानीयहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ। यसका साथै बिरामी र आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत समस्या भएको  स्थानीयले बताए । स्टमेट बिना अनावश्यक डोजरले खनिएका सडककै कारण पहिरोको जोखिम बढेको छ। गाउँगाउँमा सडक पुर्‍याउने भन्दै मेसिनले काटेका सडकमा बढी पहिरो खसेको स्थानीयले बताए।

प्रकाशित: ८ असार २०७८ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App