coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुल्मीमा पहिरोले च्यापेर एक जनाको मृत्यु

गुल्मीमा पहिरोमा पुरीएर आज एक जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउन गएका बेला पहिरोमा पुरीएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षे यमबहादुर श्रीसको ज्यान गएको हो । 

घर नजिकैको खेतमा पानी लगाउन कुलो सफा गर्दैगर्दा माथिबाट एक्कासी पहिरो झरेर श्रीसलाई पुरेको थियो । उनीसंगै खेतमा गएकी श्रीमतीले छिमेकी र प्रहरीलाई तत्कालै खबर गरेपनि श्रीसलाई बचाउन नसकीएको स्थानीयले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारजान पन्तले घटना लगत्तै पुगेको प्रहरी र स्थानीयले पहिरो पन्छाए पनि श्रीसको घटनास्थलमै मृत्यु भएको बताए । श्रीसको शव पोष्टमार्टमका लागि स्वास्थ्य चौकी लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २६ असार २०७७ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App