१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतले अन्य देशमा खोप पठाउनमा लगायो रोक, नेपालमा पनि नआउने

भारतले कोरोनाविरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिशिल्ड’ को निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण आउने हप्ताहरूमा भ्याक्सिनको आवश्यकता बढ्ने भन्दै निर्यातमा रोक लगाएको मन्त्रालयले जनाएको छ।

महिलामा अन्धोपना बढी

नेपालमा आँखा उपचारमा पहुँचको कमीले पुरुषको तुलनामा महिलामा अन्धोपना बढी भएको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गर्न आएका र नआएका महिलामा पुरुषको तुलनामा बढी अन्धोपन भएको अस्पतालको भनाइ छ।

तस्करीले फर्नेस आयल उद्योग संकटमा

कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट विगत एक वर्षदेखि बन्द गरिएको छ। उद्योगमा दुईवटा प्लान्ट छन। ती दुईवटै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन १० हजार लिटर आयल उत्पादन हुन्छ। त्यसका लागि दैनिक २० टन थोत्रा टायर, ट्युब आवश्यक पर्छ। तर अहिले मुस्किलले आठ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए।

नेपालमा ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन्। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।

नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।

गान्धीवादी निधि ‘अनाशक्त योग’ साधक

नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।

नेपालमा ग्रिड जडित सौर्य ऊर्जा

नेपाल प्राकृतिक सम्पदाको जसरी धनी हो त्यसैगरी सौर्यबाट प्राप्त रेडिएनको पनि नेपाल धनी मानिन्छ र यी दुवैले हामी भाग्यमानी छौँ। भाग्यमा छ भनेर डोकोमा दूध दुहेर अडिदैन भनेझैं समयमै हामीले पनि यस क्षेत्रमा अघि नबढे देशले नोक्सान खेपिरहनुपर्नेछ । प्रकृतिले दिएको पानी तथा डाँडाले जलविद्युत् ऊर्जा उत्पादनको संभावना प्रचुर मात्रामा देखिएको लामो समय भनौँ भने एक शताब्दी भन्दा बढी समय बितिसक्दा पनि भारतबाट ठूलो परिमाणमा विद्युत् आयातगरी देशको माग परिपूर्ति गरिरहनुपरेको वास्तविकता हामीसँग छ ।

अमित शाहको बयान र नेपाल–भारत सम्बन्ध

जब जब नेपालमा अस्थिरता उत्पन्न हुन्छ तब तब भारतले विभिन्न निहुँमा हस्तक्षेपकारी भूमिका बढाउँदै जान्छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव र भारतका गृहमन्त्री अमित शाहको नेपालसम्बन्धी विवादास्पद बयान यही शृंखलाको एक कडी हो।

‘नेपालमा बढ्यो भ्रष्टाचार’

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार भ्रष्टाचारको अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै नेपाल ३३ अंकसहित गत वर्षभन्दा चार स्थान तल झरेको जानकारी गराएको हो।

नेपालमा भूकम्पीय जोखिम

जानकारहरूले इतिहासका भूकम्पका आधारमा काठमाडौँ उपत्यकामा प्रत्येक पचहत्तर वर्षको अन्तरालमा भूकम्प जान सक्ने अनुमान गरेका छन्।

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिएको छ।

नेपालमा रेल, सवा दुई सय कर्मचारी भर्ना तयारी

करिब आठ वर्षपछि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउन अन्तिम तयारी गरिएको छ। ६ महिनाअघि नै चलाउने भनिए पनि लम्बेतान प्रक्रियाका कारण रेल विभाग बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो।

काम सकिएपछि कोरियामा नबस्नुस: श्रममन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अवैधानिक भएर दक्षिण कोरियामा काम नगर्न नेपालीहरुलाई आग्रह गरेका छन्।

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

अवकाशपछिकाे जीवन बिताउन नेपाल रोज्ने बढे

सियाटलस्थित वाणिज्य दूतावासमा नेपाली भिसा लिन आउने हरेक १० जनामा तीनजनाले अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना व्यक्त गर्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्