१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भारतले अन्य देशमा खोप पठाउनमा लगायो रोक, नेपालमा पनि नआउने

भारतले कोरोनाविरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेका द्वारा विकसित कोरोना खोप ‘कोभिशिल्ड’ को निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण आउने हप्ताहरूमा भ्याक्सिनको आवश्यकता बढ्ने भन्दै निर्यातमा रोक लगाएको मन्त्रालयले जनाएको छ।  

यद्यपि अधिकारीहरूले यसलाई समय चरण भनेका छन्, यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातलाई असर गर्ने छ। भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन्। यसले कम्तीमा १९० देशहरु लाई प्रभावित पार्ने बताईएको छ।  

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्स योजनाको लक्ष्य भनेको सबै देशहरूमा कोरोना खोप सुनिश्चित गर्नु हो। भारतले हालसम्म करोन भ्याक्सिनको ६ करोड डोज ७६ देशहरूमा पठाएको छ। बुधवार मात्र भारतमा ४७ हजार नयाँ संक्रमित भेटिएका थिए भने २७५ व्यक्तिको मृत्यु भएको थियो। यो २०२१ मा भारतमा एकै दिनमा कोरोना संक्रमणको सबैभन्दा ठूलो संख्या हो।

भारतले अप्रिल १ देखि ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिने निर्णय गरेको छ। त्यसकारण खोपहरूको मागमा ठूलो वृद्धि भएको छ। मन्त्रालयका एक स्रोतले समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्, 'भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात हुने छैन। तर हालसम्म भारत सरकार वा भारतमा कुनै खोप बनाउने कम्पनी सीरम इंस्टिट्यूटबाट आधिकारिक बयान आएको छैन।'

विश्वकै ठूलो खोप उत्पादक एसआईआईले बेलायत, ब्राजिल, साउदी अरेबिया र मोरक्कोमा रहेको एस्ट्राजेनेका खोपका सामानहरू बन्द गरिसकेको छ। भारत सरकारले जनवरी १६ देखि कोरोना खोप कार्यक्रम सुरु गरेको थियो भने हालसम्म चार करोड ७० लाख मानिसहरूलाई यो खोप दिइएको छ। तर यसैबीच भारतमा कोरोनाको दोस्रो लहरको सम्भावना बढेको छ। भारतका अधिकारीहरूले आगामी सात महिनामा ६० करोड मानिसहरूलाई कोरोना खोप दिने अपेक्षा गरिरहेका छन्।

प्रकाशित: १२ चैत्र २०७७ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App