१९ असार २०८१ बुधबार
image/svg+xml

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञाः के गर्न पाइने, के नपाइने ?

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

रुपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरीएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन समिति(डीसीएमसी )ले कोरोनाको प्रभाव नघटेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा छैटौं पटक थप गरेको छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

रसुवामा थप १० दिन निषेधाज्ञा

डिसिसिएमसीको बिहीबार बसेको बैठकले यही जेठ ३१ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

खुकुलो पार्दै रौतहटमा एक साता निषेधाज्ञा

केही खुकुलो बनाउँदै आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन बैंक तथा वित्तीय संस्था र खाद्य तथा फलफूल र तरकारी पसल खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौं उपत्यकाको निषेज्ञाज्ञा केही खुकुलो बनाउँदै जेठभर लम्बाउने निर्णय गरिएको छ । बैठकले खाद्य तथा पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । त्यस्तै रोकिएका निर्माण कार्यपनि व्यवस्थित तरिकाले संचालन हुने भएको छ ।

चितवनमा २७ गतेसम्म निषेधाज्ञा थपियो

जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन्।

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।

संक्रमणकैबीच निषेधाज्ञा खुकुलो पार्ने तयारी

कोरोना रोकथामको लागि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा विस्तारै कडा पार्दै लगिए पनि संक्रमण अझै बढिरहेको छ। तर आर्थिक वर्ष सकिन १ महिना हाराहारी बाँकी रहँदा सरकारले केही खुकुलो पार्ने तयारी गरेको छ।

पसल खुल्ने गरी निषेधाज्ञा एक हप्ता थपिने

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको आजको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो।

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञामा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे।

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

चौथोपटक समयावधि बढाउँदै जेठ १८ देखि २४ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा

धादिङ जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ २२ गतेसम्मका लागि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आगामी जेठ २२ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थपेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्