२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

खुकुलो पार्दै रौतहटमा एक साता निषेधाज्ञा

रौतहटमा एक साताको लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले जेठ २६ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहेको बताएको छ।  

जिल्लामा कोरोना संक्रमण कम हुँदै गएपछि निषेधाज्ञामा छुट दिइएको छ। केही खुकुलो बनाउँदै आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन दिन बैंक तथा वित्तीय संस्था र खाद्य तथा फलफूल र तरकारी पसल खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

भौतिक दूरी अपनाएर र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर बैंक तथा वित्तीय संस्था र किराना तथा फलफूल पसल हप्ताको तीन दिन संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

निषेधाज्ञाको अवधिमा सार्वजनिक यातायात बस, ट्याक्सी, जीप, ट्याम्पोलगायत संचालनमा पूर्णतया रोक लगाइएको छ।

यसैगरी दुई तथा चारपांग्रे निजी सबारी संचालनमा पनि पूर्णतया रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटको आदेशमा भनिएको छ।  

निषेधाज्ञाको पालना हुन नसकेको भन्दै केही क्षेत्रले गुनासो पनि गरेको छ। चोक तथा बजारमा पनि सर्वसाधारण बिनामास्क हिँडिरहेको र मोटरसाइकल व्यापक मात्रामा चलिरहँदा पनि सम्बन्धित पक्षको ध्यान जान नसकेकोले संक्रमणको जोखिम बढेको गुनासो जिल्लाका स्थानीयबासीको छ। 

प्रकाशित: १९ जेष्ठ २०७८ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App