६ वैशाख २०८१ बिहीबार
समाज

उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा, किराना र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्ने

काठमाडौं उपत्यकाको निषेज्ञाज्ञा केही खुकुलो बनाउँदै जेठभर लम्बाउने निर्णय गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफल लागि बैठक बसेका हुन् ।  बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।  

बैठकले खाद्य  तथा पुस्तक पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । त्यस्तै रोकिएका निर्माण कार्य पनि व्यवस्थित तरिकाले संचालन हुने भएको छ । निर्माण सामग्री रातमा ढुवानी गरेर दिउँसा निर्माण कार्य  गर्ने अनुमति दिने भट्टराईले जानकारी दिए । मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ।

यस अघि एक सातादेखि खाद्यान्न पसल र निर्माण कार्यसञ्चालनमा रोक लगाइएको थियो। यस बाहेक यस अघिको अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।

प्रकाशित: १९ जेष्ठ २०७८ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App