१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा थप एक साता निषेधाज्ञा

कोरोना संक्रमणको चेनब्रेक गर्न कपिलवस्तुमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

चौथोपटक समयावधि बढाउँदै जेठ १८ देखि २४ जेठ सम्मका लागि निषेधाज्ञा थपिएको हो। जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो। प्रजिअ चक्रपाण्ी  पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरिन्टको चेन रोक्नका लागि फेरि एक साताका लागि निषेधाज्ञा थपिएको  बताए। निषेधाज्ञा २४ गते राति १२ बजे सम्म जारी रहने छ।

निषेधाज्ञामा अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए। खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भने दैनिक विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ।

कोििभड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथि कारबाही गरिने उनले बताए।

जिल्लामा १ हजार ४६ सक्रिय कोरोना संक्रमित छन् भने १ सय ७५ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: १६ जेष्ठ २०७८ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App