१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

छैटौ पटक थप

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा छैटौं पटक थप गरेको छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । 

नयाँ भेरियन्टको कोराेनाको संक्रमणले बिकराल रुप लिँदै गएपछि गत वैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो । वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गतेसम्म थप गरिएको थियो । तेश्रो पटक वैशाख २८ मंगलबार राती १२ बजेदेखि जेठ ६ गते रातीसम्मका लागि कडा प्रावधानसहित निषेधाज्ञा जारी गरिएको थियो । चौथो पटक निषेधाज्ञा थप गरेर जेठ १३ र पाचौं पटक थप गरेर जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण जिल्लामा तीव्र रुपमा फैलिरहेकोले यसको रोकथाम तथा नियन्त्रणका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ ले दिएको अधिकार प्रयोग गरि जेठ ३१ ग्तेसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताएका छन् ।  

बिमा, बैंक तथा बित्तिय संस्थाहरु ५० प्रतिशत कर्मचारी राखी बिहान ७ बजेदेखि ११ बजेसम्म संचालन गर्न पाउने भएका छन् । यसअघि बढीमा ३ जना मात्र कर्मचारी रहने गरि राजस्व दाखिला र सरकारी कारोबारबाहेक बैंक र बित्तिय संस्थाका सबै सेवा बन्द गर्न आदेश दिइएको थियो । भने अत्यावश्यक भुक्तानी एटिएम तथा विद्युतीय प्रणालीबाट गर्नें व्यवस्था मिलाउन भनिएको थयो ।

यसैगरि बढीमा ७ जना मात्र सहभागी भई घर वा बसेको स्थानमा बिहे र ब्रतबन्धमा गर्न पाउने छन् भने होटेल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । बिहेमा दुलाहा दुलही समेतले प्रयोग गर्ने गरि एक मात्र गाडी प्रयोग गर्न पाइने भनिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, परीक्षा संचालन गर्न नपाइने उल्लेख छ । अत्यावश्यकबाहेक निजी तथा सार्वजनिक सवारीसाधन संचालन गर्न पूर्ण रोक लगाइएको छ । स्वास्थ्य सेवा, दूध डेरी, खाद्य तथा पेट्रोलियम पदार्थ सम्बन्धी बाहेक अन्य पसल व्यवसाय संचालन गर्न रोक लगाइएको छ ।  

तरकारी, फलफूल, डेरी, दूध, खानेपानी, ग्यास पसल, किराना पसल तथा डिपार्टमेन्टल स्टोर व्यवसाय आईतबार, मंगलबार, बिहीबार र शनिबार चार दिन बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न दिइने छ । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण दर र मृत्यु दर भएको जिल्ला कैलाली हो । कैलालीमा कोराेना संक्रमणले २ सय २२ जनाको ज्यान गैसकेको छ । 

प्रकाशित: २० जेष्ठ २०७८ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App