२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरीएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन समिति (डीसीएमसी)ले कोरोनाको प्रभाव नघटेको भन्दै निषेधाज्ञा बढाउने निर्णय गरेको हो । 

डीसीएमसीको बिहीरबार बसेको बैठकको सिफारिसमा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गरीएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको हो ।

प्रजिअ तामाङका अनुसार यसपालीको निषेधाज्ञामा एग्रोभेट तथा भेटेनरी औषधि पसल स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइने नियम थप गरीएको छ । त्यसबाहेक अन्य नियमहरु यथावत राखीएको छ । मर्निङ र इभिनिङ वाकमा समेत रोक लगाइएको छ ।  

अति आवश्यक सवारी साधन, शान्ति सुरक्षा, स्वास्थ्य सेवा, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोर मैला, इन्धन व्यवस्थापन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसार पसार गर्ने ढुवानीका साधनहरु चल्ने छन् । प्रशासनले निषेधाज्ञा अवधिमा भिडभाड जम्मा हुन, भेला, जात्रा, मेला, महोत्सव संचालन गर्न, जुलुस, सभा गर्न निषेध छ । सभा पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थलहरु, डिर्पाटमेन्टर स्टोर, सपिङमल, व्युटीपार्लर पुस्तकालय, खेल मैदान, जिमखाना संचालनमा रोक लगाइएको छ ।  

प्रजिअ तामाङले निषेधाज्ञाको अवधिमा तोकिएका मापदण्ड पालना गराउन कडाइ गरीने बताए ।संक्रामक ऐन २०२० अनुसार जारी भएको निषेधाज्ञामा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कार्यान्वयन हुने उनले बताए । जुन अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कुनै पनि प्रकारको आदेश उल्लंघन गरेको खण्डमा ६ महिना कैद र ३ लाखसम्मको जरिवाना हुने व्यवस्था छ । 

प्रजिअ तामाङले निषेधाज्ञा उल्लंघन गरे व्यक्तिलाइ १ लाख र संस्थाको हकमा २ लाख जरिवाना हुने बताए । महामारी तथा निषेधाज्ञाको बहानामा खाद्य बस्तुको कृत्रिम अभाव सृजना गरीए, मूल्य वृद्धि गरीए वा सहज आपूर्तिमा अवरोध गरीए तत्काल कारबाही गरीने प्रजिअ तामाङले बताए ।  

प्रकाशित: २० जेष्ठ २०७८ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App