६ आश्विन २०८१ आइतबार
image/svg+xml

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्याे

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ।

कोभिडको तेस्रो र चौथो लहरमा बालबालिका बढी जाेखिममा: २० प्रतिशत शैय्या छुट्याउन पत्र

सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ।

धादिङमा अक्सिजन मिनिप्लान्ट जडान

धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।

कर्णाली अस्पताललाई युगान्डाका नेपालीको अक्सिजन सिलिण्डर

तीन लाख रुपैयाँ बराबरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन्। कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।

रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्कको आयात

आयात भएका सामग्री स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन्। उनका अनुसार चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै मन्त्रालयमा पठाइने छ।

खोटाङका लागि यूकेमा ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान

कोभिड–१९ को महामारी फैलिरहेकाबेला खोटाङ सेवा समाज यूकेले खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको छ ।

प्रदेश अस्पताललाई प्याब्सनले दियो २० थान सिलिन्डर

निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिले प्रदेश अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ।

सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात

कोभिड–१९को उपचारमा अक्सिजन सिलिन्डर अभाव भैरहेको बेला निजी क्षेत्रले थप सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात गरेको छ। नेपाल एलपी ग्यास संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ग्यास ल्याएका हुन्।

कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सन्ट्रेटर

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव भएपछि १० केजीका ४ र ५ केजीका ७ वटा कन्सन्ट्रेटर दिइएको हो। एक साताअघि नै २ वटा दिइएकोमा थप नौ वटा कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो।

चाँगुनारायणमा १ करोड ५७ लाखको अक्सिजन प्लान्ट बन्ने

अस्पतालमा करिब १ करोड ५७ लाख बराबरको अक्सिजन प्लान्ट जडान गर्ने योजनामा रहेको नगरपालिकाले शुक्रबार चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ। सम्झौता अनुसार प्लान्टका लागि फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम ब्यहोर्ने समझदारी भएको छ।

अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको सहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताललाई ८ थान नयाँ अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।

रसुवागढी नाकाबाट शनिबारदेखि अक्सिजन सिलिन्डर आयात हुने

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।

४५ मिनेट उत्पादन रोकिएर आपूर्ति अवरुद्ध हुँदा अक्सिजन अभावमा आठजना बिरामीको ज्यान गयो

हाइफ्लो अक्सिजन नपाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतएराती आठजना बिरामीको ज्यान गएको छ। ती मध्ये एकजना सुत्केरी छिन्। प्रतिष्ठानको आइसोलसन कक्षमा ती सुत्केरीको उपचार भईरहेको थियो।

अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण सफल

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड अपनाएर तयार पारिएको अक्सिजन सिलिन्डर नेपाली वैज्ञानिकले तयार पारेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्