६ आश्विन २०८१ आइतबार
image/svg+xml

अक्सिजन प्लान्टका लागि विद्यालयले दियो साढे १६ लाख

‘अहिले अक्सिजन प्लान्टको जरुरी छ, त्यसका लागि नगरपालिकाले पहल गरिरहेको छ, तर नगरपालिकालाई संघीय र प्रदेश सरकारबाट बजेट दिएको छैन, नगरपालिका आपतमा छ, पर्यटन कर उठेको छैन, आम्दानी घटेको छ, यस्तो बेलामा सहयोग गरे नगरपालिकाको अभियान सफल हुन्छ, त्यही भएर हामीले दुःख गरी बचाएको रकमबाट सहयोग गरेका हौं।’

अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेको ओइरो

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा मंगलबार सहयोग गर्नेमा विभिन्न व्यक्ति र संस्था रहेको नगरपरपालिकाले जनाएको छ।

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको ओइरो

भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका विरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताहरुको ओइरो लागेको छ ।

मन्त्री आलेद्वारा अस्पताललाई ५० अक्सिजन सिलिण्डर प्रदान

वन तथा वातावरण मन्त्री प्रेम आलेले सेती प्रादेशिक अस्पताललाई मंगलबार ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले जटिल प्रकृतिका संक्रमितको चाप बढेर अक्सिजनको अभाव भएका बेला मन्त्री आलेले अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।

छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइनः वनमन्त्री

उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने,“म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”

इलाममा अक्सिजन प्लान्ट राख्न जुट्यो बजेट

इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँको सहमति सोमबार दिएको हो।

सामुदायिक अस्पताललाई यूके लाहुरेले उपलब्ध गराए अक्सिजन

यूके लाहुरेले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा सामुदायिक अस्पताललाई अक्सिजन सिलिण्डर जुटाइदिएका छन्।

अक्सिजनका लागि वाणिज्य संघको अभियान

केहि दिनदेखि सुरु भएको अभियानमा रकम जम्मा हुने क्रम जारी छ। आइतबार साँझसम्म ३५ लाखभन्दा बढी रकम जम्मा भएको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए।

वीपीमा अक्सिजन कमी हुन दिँदैनौं : सुनसरी प्रजिअ

‘मैले वीपीको पदाधिकारीहरुलाई के भएको हो भनेर सोधे, पर्याप्त सिलिण्डर रहेछ। जिल्लामै पर्याप्त अक्सिजन छ, हामी सिलिण्डर भर्ने व्यवस्था गर्छौं, विज्ञप्ती निकालेर अनावश्यक हल्ला किन चलाएको भनेर भनिसके,’प्रजिअ ढकालले भने,‘हामीलाई भन्नु पर्‍यो, अक्सिजन अभाव हुन दिँदैनौं।’

भक्तपुरमा अक्सिजन प्लान्ट स्थापनाका लागि एकैदिन ३० लाख संकलन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण अक्सिजनको अभाव भइरहेको बाध्यतालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको प्लान्टका लागि एकैदिन ३० लाख रुपैयाँ संकलन भएको हो।

एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डेढ सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

अक्सिजन प्लान्ट र एचडियूका लागि थप १७ करोड ८७ लाख रूपैयाँ

विभिन्न जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रूपैयाँको सहमति दिएको थियो।

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।

सहअध्यक्ष पौडेलद्वारा १० थान अक्सिजन सिलिन्डर सहयोग

कोभिड–१९ को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

अक्सिजनमा बिचौलियाको चलखेल

अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्