४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

सहअध्यक्ष पौडेलद्वारा १० थान अक्सिजन सिलिन्डर सहयोग

कोभिड–१९ को महामारी फैलिएर अक्सिजन अभावमा विरामीको उपचार गर्न कठिन भएर ज्यान गुमाइरहेका बेला राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृह जिल्ला बागलुङमा व्यक्तिगत रुपमा १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन्।

बागलुङको अमलाचौरका पौडेलले बाबुको सम्झनामा भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानको तर्फबाट निःशुल्क रुपमा अस्पताल तथा स्वास्थ्य संस्थामा सिलिन्डर दिएका हुन्।  

बागलुङमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ। अक्सिजन अभावले विरामी उपचार गर्न बाहिर लैजानुपर्ने अवस्था छ। विरामीले गृह जिल्लाकै अस्पतालमा उपचार गर्न पाउन भनेर मानवीय सेवाको भावले अक्सिजन सहयोग गरेको सहअध्यक्ष पौडेलले बताए। ‘नागरिकहरु अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका छन्,’ पौडेलले भने, ‘सानो सहयोगले कसैको जीवन बच्न सहयोग पुगास भन्ने उद्देश्य हो।’

अक्सिजन धौलागिरी अस्पतालसहित कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र, अमलाचौर स्वास्थ्य चौकीमा प्रदान गरेको प्रतिष्ठानका बागलुङ संयोजक गोपाल पौडेलले बताए। काठमाडौंको एभरेष्ट अक्सिजन ग्यास उद्योगबाट सिलिन्डर बागलुङ पठाएका हुन्।

पौडेलले कोभिड–१९को पहिलो चरणमा पनि गृह जिल्ला बागलुङमा स्वास्थ्यकर्मीलाई पिपिई, थर्मल गन, सेट, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०७८ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App