७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेहरुको ओइरो

भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका विरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताहरुको ओइरो लागेको छ । पहिलो पटक एकैदिन ३० लाख भन्दा बढी रकम सहयोग उठेकोमा मंगलबार पुनः दर्जनौ संघसंस्थाहरुले लाखौं सहयोग गरेका छन् ।  

कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा मंगलबार सहयोग गर्नेहरुमा विभिन्न व्यक्ति र संस्थाहरु रहेको नगरपरपालिकाले जनाएको छ ।  

मंगलबार सहयोग गर्नेहरुमा श्री भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था दुई लाख, श्री डायमण्ड बचत तथा ऋण सहकारी संस्था लि.रु. ५० हजार, श्री हरिगोपाल साँयजु रु. १० हजार, श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. एक लाख ११ हजार रहेको नगरपालिकाले जनाएको छ । 

यस्तै मंगलबार नै श्री श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि.रु. एक लाख ७२ हजार ६ सय ५०, श्री एस.बी.एस. इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.रु. एक लाख ११ हजार एक सय ११, श्री समय बचत तथा ऋण सहकारी संस्था लि.रु.एक लाख १५ हजार, श्री बागीश्वरी कलेज रु.चार लाख, श्री बागीश्वरी माध्यामिक विद्यालय भनपा रु. ६ लाख रहेको जनाएको छ । यस्तै श्री पाटन रोटरी क्लब र नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाटन -पीपीई एक सय १०, एन ९५ (बीवाईडी) २०, सर्जिकल मास्क ३० बाकस, ग्लोभ्स १० बाकस, पल्स अक्सिमिटर २, थर्मल गन २, ड्राइ फ्रुट्स प्याकेट, ५०, एन ९५ (लोकल) ५० रहेको जनाएको छ । 

यसैगरी श्री प्रेमगोपाल कर्माचार्य रु. एक लाख, श्री आरम्भ नेपाल रु.२५ हजार, श्री निओ फ्युजन स्कूल अफ कम्प्युटर रु. पाँंच हजार पाँंच सय ५५, श्री न्हुः इन्टरप्राइजेज रु. एक हजार एक सय ११, श्री कमलविनायक बचत तथा ऋण सहकारी संस्था  रु. एक लाख, श्री दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठापन नेपाल रु.एक लाख रहेको नगरपालिकाले जनाएको छ । ती रकमहरु मंगलबार दाताहरुले नगरपालिकाको कार्यालय व्यासी भक्तपुर पुगेर उपप्रमुख रजनी जोशीलाई चेक हस्तान्तरण गरेको जनाएको छ । यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सहयोगका लागि आह्वान गरेका थिए ।  

आगामी दिनमा उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७८ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App