coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेको ओइरो

भक्तपुरको च्याम्हासिंह ब्रम्हायणीस्थित ख्वप अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दाताको ओइरो लागेको छ। पहिलो पटक एकै दिन ३० लाख रुपैयाँभन्दा बढी सहयोग उठेकोमा मंगलबार पुनः दर्जनौं संघसंस्थाले लाखौं सहयोग गरेका छन्।  

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा मंगलबार सहयोग गर्नेमा विभिन्न व्यक्ति र संस्था रहेको नगरपरपालिकाले जनाएको छ।  

मंगलबार सहयोग गर्नेमा श्री भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था दुई लाख, श्री डायमन्ड बचत तथा ऋण सहकारी संस्था ५० हजार, श्री हरिगोपाल साँयजु १० हजार, श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था एक लाख ११ हजार रहेको नगरपालिकाले जनाएको छ।  

यस्तै मंगलबार नै श्री श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७२ हजार ६ सय ५०, श्री एसबिएस इन्भेस्टमेन्ट कम्पनीले एक लाख ११ हजार एक सय ११, श्री समय बचत तथा ऋण सहकारी संस्थाले एक लाख १५ हजार, श्री बागीश्वरी कलेजले चार लाख, श्री बागीश्वरी माध्यमिक विद्यालय भनपाले ६ लाख रुपैयाँ सहयो गरेको जनाएको छ।  

यसैगरी श्री प्रेमगोपाल कर्माचार्यले एक लाख, श्री आरम्भ नेपालले २५ हजार, श्री निओ फ्युजन स्कुल अफ कम्प्युटरले पाँच हजार पाँच सय ५५, श्री न्हुः इन्टरप्राइजेजले एक हजार एक सय ११, श्री कमलविनायक बचत तथा ऋण सहकारी संस्थाले एक लाख, श्री दीक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठापन नेपालले एक लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।  

सो रकम मंगलबार दाताहरूले नगरपालिकाको कार्यालय व्यासी भक्तपुर पुगेर उपप्रमुख रजनी जोशीलाई चेक हस्तान्तरण गरेको जनाएको छ। यसअघि नगरप्रमुख सुनिल प्रजापतिले सहयोगका लागि आह्वान गरेका थिए।  

आगामी दिनमा उक्त कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि अनुरोध गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App