coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपीमा अक्सिजन कमी हुन दिँदैनौं : सुनसरी प्रजिअ

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अक्सिजन कमी हुन नदिने बताएका छन्।  

प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रिएर पूर्णक्षमतामा अक्सिजन उत्पादन नभएको र विरामी भर्ना लिन अनाकानी गरेको समाचार सार्वजनिक भएपछि प्रजिअ ढकालले प्रतिष्ठानका पदाधिकारीहरुसँग मौखिकरुपमा स्पष्टीकरण पनि लिएका छन्। उनले सुनसरीबाट देशका विभिन्न जिल्लामा अक्सिजन आपूर्ति गरिरहेको बेला प्रतिष्ठान जस्तो ठूलो स्वास्थ्य संस्थाले अक्सिजन अभावमा विरामी भर्ना नलिनु दुःखद भएको पनि बताए। उनले भने,‘हामीले सुनसरीबाट पूर्व पश्चिम सबैतीर अक्सिजन पठाइरहेका छौं, यही वीपीमा कसरी अभाव हुन सक्छ?’

प्रतिष्ठानले शनिबार साँझ विज्ञप्ती मार्फत अक्सिजन प्लान्टमा प्राविधिक समस्या भएकोले पूर्णक्षमतामा उत्पादन नभएको र आफूसँग उपलब्ध भएको सिलिण्डरको आधारमा मात्र नयाँ विरामी भर्ना लिने जनाएको थियो। तर, प्रजिअ ढकालले प्रतिष्ठानसँग २ सय संख्यामा ठूलो सिलिण्डर र ५ सय हाराहारीमा सानो सिलिण्डर भएकोले कोभिड अस्पतालमा समस्या नहुने बताए। 

‘मैले वीपीको पदाधिकारीहरुलाई के भएको हो भनेर सोधे, पर्याप्त सिलिण्डर रहेछ। जिल्लामै पर्याप्त अक्सिजन छ, हामी सिलिण्डर भर्ने व्यवस्था गर्छौं, विज्ञप्ती निकालेर अनावश्यक हल्ला किन चलाएको भनेर भनिसके,’प्रजिअ ढकालले भने,‘हामीलाई भन्नु पर्‍यो, अक्सिजन अभाव हुन दिँदैनौं।’

प्रकाशित: ९ जेष्ठ २०७८ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App