२२ मंसिर २०७८ बुधबार
स्वास्थ्य

कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सन्ट्रेटर

लुम्बिनीस्थित बोधी इन्ष्टिच्युटले कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव भएपछि १० केजीका ४ र ५ केजीका ७ वटा कन्सन्ट्रेटर दिइएको हो। एक साताअघि नै २ वटा दिइएकोमा थप नौ वटा कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो। इन्ष्टिच्युटका प्रमु तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी सदस्य सचिव सानुराजा शाक्य लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय, अस्पतालका मेसु किशोर बन्जाडेलाई सो मेसीन हस्तान्तरण गरेका थिए।

सो संस्थाले यसअघि अक्सिजन ढुवानीका लागि ८६ हजार नगद, भेन्टीलेटर मास्क १०  सेट, पीपीई सेट सय वटा, भिटिएम किट र सेनिटाइजर प्रदान गरेको थियो।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक गुनाखर गैरेको पहलमा सो सामाग्री उपलब्ध गराइएको हो। अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला इन्ष्टिच्युटले सो सामाग्री उपलबध गराएको उपाध्यक्ष त्रिपाठीले बताए।

प्रकाशित: १५ जेष्ठ २०७८ १४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App