३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात

कोभिड–१९को उपचारमा अक्सिजन सिलिन्डर अभाव भैरहेको बेला निजी क्षेत्रले थप सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात गरेको छ। नेपाल एलपी ग्यास संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ग्यास ल्याएका हुन्।  

एभरेष्ट अक्सिजन ग्यास उद्योगले एसजी ग्रुपमार्फत सिलिन्डर आयात गरेको हो। सिलिन्डर आयात गरेर शनिबारबाट बिक्री गर्न सुरु गरेको एभरेष्ट अक्सिजन ग्यास उद्योगका सञ्चालक घिमिरेले बताए। केही सिलिन्डर काठमाडौं आइसकेको र केही आउने क्रममा रहेको उनले बताए।

‘अस्पतालमा अक्सिजन ग्यासको अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर आयात गरेका हौं,’ घिमिरेले भने, ‘चीनबाट ल्याएको अक्सिजन सिलिन्डर शनिबारबाट बिक्री सुरु गरेका छौं।’

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App