१० मंसिर २०८१ सोमबार
image/svg+xml

मेलम्ची सुरुङ परीक्षण गर्न दोस्रोपटक पानी

बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभारम्भ गरे। पहिलोपटक असफल भएपछि पुनः दोस्रोपटक सुरुङ परीक्षण थालिएको हो।

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद् बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका छन्।

कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ : मन्त्री अर्याल

'अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ', मन्त्री अर्यालले भनिन्, 'कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ।'

संसद् पुनर्स्थापना भए तमासा सुरु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुने बताएका छन्। कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सोमबार भने, ‘विघटित संसद् पुनर्स्थापना भए देशमा तमासा सुरु हुनेछ।

किन भेटे सेनापतिले प्रधानन्यायाधीशलाई

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदम अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने विषयमा बहस सकिएर फैसला आउने क्रममा छ। केही दिनभित्रै यस विषयमा फैसला आउने अनुमान भइरहेका बेला सोमबार दिउँसो प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन्।

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ।

संसद पुन:स्थापना भए देशमा तमासा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विघठित संसद पुनस्र्थापना भए पुनः देशमा तमासा सुरु हुने बताएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्ने, समीकरणमा अनेक खेल हुने, सांसद किनबेच हुने बताएका छन् ।

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनाको प्रश्न : जेल भित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ?

मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ? आफ्नो पार्टी फुट्यो कार्यकर्ता कम भए भनेर हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरुलाई जेलबाट निकाल्ने? यो देशमा न्याय कानुन केही छैन ? के अव म पनि मेरो श्रीमानको हत्यारालाई मारेर जेल जाउँ, अनी म आवद्ध पार्टीको सरकार बन्यो भने आम माफी लिएर फर्किउ ? छातीमा हात राखेर सोच्नुस त तपाइहरुलाई स्वीकार्य हुन्छ ?

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै

प्रदेश १ प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ। प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदैछ।

प्रधानमन्त्री आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नुहुन्छः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।

‘विघटनको पक्षमा फैसला नआए आन्दोलन’

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट तीनवटा सन्देश दिएका छन्। सर्वोच्च अदालतबाट संसद् विघटनको पक्षमा फैसला नआए आफूहरू आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरू एक ठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन्।

मन्त्री तुम्बाहाम्फेद्वारा अतिक्रमित सर्दु जलाधारको निरीक्षण

नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्री तुम्बाहाम्फे फिल्ड अनुगमनमा आएको उपप्रमुख भण्डारीले बताइन्।

पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जाँदै छन्।

संसद् बिउँतिन्छ, भयंकर हुनेवाला छ : पूर्वमन्त्री भुषाल

नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको नेकपा दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन्। उनीहरूले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित भएका कारण अहिले पार्टी विभाजन भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्