coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनाको प्रश्न : जेल भित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ?

बिना पौडेल

'मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ? आफ्नो पार्टी फुट्यो कार्यकर्ता कम भए भनेर हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरुलाई जेलबाट निकाल्ने? यो देशमा न्याय कानुन केही छैन ? के अव म पनि मेरो श्रीमानको हत्यारालाई मारेर जेल जाउँ, अनी म आवद्ध पार्टीको सरकार बन्यो भने आम माफी लिएर फर्किउ ? छातीमा हात राखेर सोच्नुस त तपाइहरुलाई स्वीकार्य हुन्छ ? मान्छे मारेपछि त्यसको सजाय भोग्नु पर्दैन ? दुइ दुइ जनाको हत्या गर्ने हत्यारालाई उन्मुक्ति दिएर अपराधिक मनोवृत्तिलाई प्रसय दिन मिल्छ राष्ट्रप्रमुखले ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।  

‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन। राज्यको संरक्षणमा राखीएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरी लडने बताएकी छन्।  

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान २०६८ भदौमा जेल परेका थिए। जुन हत्यामा उनलाई फसाइएको दावी उनको परिवारले अहिले पनि गर्छ। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतीरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप,रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो। गम्भिर अवस्थाका पौडेललाई चितवनकै सरकारी अस्पताल लगियो। चिकित्सकले त्यहाँ उपचार नहुने भनेपछि पुरानो मेडिकल कलेज लगियो। त्यतीबेला उनको उपचारमा संलग्न भएका कतिपय स्वस्थ्यकर्मीहरुलाई उदृत गर्दै अस्पताल ल्याउँदा नै उनको प्राण नहरेको दावी पनि गरिएको थियो। तर जेलभित्रको हत्या,प्रशासन,प्रहरी र राजनीतिक दवावका बिच घटनाका सम्बन्धमा अहिले पनि अस्पालका कर्मचारी स्वास्थ्यकर्मी खुलेर बोल्दैनन। केही दिन चितवन राखेपछि पौडेललाई काठमाडौं लगियो  र  पुष २ गते मृत घोषणा गरियो।  

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही केशमा चितवनका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए। शिवकी श्रीमती बिनुले देवरको केशमा तत्कालिन एमालेका तीन जना कार्यकर्ता पक्राउ परेपछि त्यसकै  बदला लिन दाजु शिवलाइ पनि हत्या केशमा जेल हालेर हत्या गरिएको आरोप लगाउँछिन्।  

त्यतीबेला पौडेल नेपाली काँग्रेसको भातृ संघ तरुण दल चितवनका अध्यक्ष थिए। शिवको मृत्युले चितवनमा निम्तन सक्ने सम्भावित राजनीति हिंसा र द्धन्द्धको खतरालाई मध्येनजर गर्दै योजनाबद्ध रुपमा काठमाडौंमै केही दिन राखेर शिवको मृत्युको घोषणा गरिएको दावी परिवार, आफन्तको छ।  

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही केशमा चितवनका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए। शिवकी श्रीमती बिनुले देवरको केशमा तत्कालिन एमालेका तीन जना कार्यकर्ता पक्राउ परेपछि त्यसकै  बदला लिन दाजु शिवलाइ पनि हत्या केशमा जेल हालेर हत्या गरिएको आरोप लगाउँछिन्।  

पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन।  

श्रीमानको हत्या हुँदा बिनुको ५ बर्षका छोरा थिए। त्यही छोरालाई काखमा च्यापेर उनले श्रीमानको हत्यारालाई कारबाही दिलाउन दिन रात लागिन। हत्यारालाई  जेल सजाय भएपछि श्रीमानले धानेको व्यापार, पाँच बर्षे छोरा सहित परिवारका सबैलाई एकीकृत गर्दै पीडा भुल्ने प्रयासमा लागिन। तीनै बिनाकालागि यसपालीको फागुन ७ ले फेरी खाटा लागेको घाउ कोट्याइदियो। ‘आजसम्म न्यायकालागि लडनु पर्छ भनेर हिम्मत जुटाए। तर अहिले त जीवनकै सबैभन्दा बढी पीडा भएको छ। भित्रै मुटु फुटेर रगत बगीरहेछ की जस्तो भइरहेको छ’ नागरिकसँगको कुराकानीमा उनी धेरैबेर भक्निएर रोइन।  

निकै बेर पछि सम्हालिएर उनले फेरी प्रश्न गरीन जेल भित्र त्यती निर्मम तरीकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ। के नेपालमा प्रजातन्त्र र लोकतन्त्र हत्यारालाई चोख्याउन ल्याएको हो ?’ पीडा मिश्रीत आक्रोस पोख्दै भनिन। अपराधीलाई  पहुँच र पैसाको आडमा सरकारले छोडीदिएको भन्दै उनी न्यायकालागि फेरी लड्ने बताइन। ‘जीवन रहुन्जेल र अपराधीलाई कारबाही नहुन्जे म लडिरहन्छु। जहाँ जान पर्छ जान्छु जे गर्न पर्छ गर्छु’ बिनाले भनिन।  

बिनाको गुनासो सबैभन्दा धेरै राष्ट्रपतिसँग छ। सत्ता र शक्तिको आडमा राष्ट्रपतिले श्रीमान र देवरको हत्यारालाई उन्मुक्ति दिएको बताइन। राष्ट्रपति देशको अभिभावक भएकाले कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताइन।  

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रजातन्त्र दिवशका (फागुन ७) दिन पाँच सय बढी कैदीबन्दीलाई आम माफी दिएकी छन। मन्त्रिपरिषदको सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाह तथा १७९ जनाको भुक्तान हुन बाँकी कैद छुट दिइएको हो।

 

प्रकाशित: ९ फाल्गुन २०७७ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App