७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री आफैं चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नुहुन्छः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।  

आइतबार दमकमा मिडिया नेपालले गरेको पत्रकार भेटघाटमा उनले भने, 'सभामुखले राष्ट्रपति प्रधानमन्त्री मुद्दा हाल्ने, उपराष्ट्रपतिले राष्ट्र प्रमुखविरुद्ध बोल्ने, यसले कुन हिसाबको मर्यादामा पुगिन्छ?' अध्यक्ष थापाले गणतन्त्रको उपहास गर्न मुलुककै प्रमुख अंगहरु नै लागेको आरोप समेत लगाए। प्रधानमन्त्रीले अदालतले विघटन सदर नगरे आन्दोलन गर्ने चेतावनीले थप अन्यौलता थपिएको बताउँदै थापाले भने, 'प्रधानमन्त्री आफै चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नु भएको छ।'  

'वैधानिक रुपमा सत्तारुढ दल विभाजनको अवस्थामा नपुगेका कारण प्रधानमन्त्रीले ६४ प्रतिशत हुँदाहुँदै विघटन गरेको हुँदा अब निर्वाचनमै जानुपर्ने अवस्था छ', उनले भने, 'अन्य पार्टीले सरकार बनाउन नसक्ने अवस्था हुँदा अब ताजा तनादेशमा जानुको बिकल्प छैन।' थापाले प्रधानमन्त्रीलाई सरकार विघटन गर्ने अधिकार भएको हुँदा त्यहीँ नजिरका आधारमा विघटन भएको बताए। बिगतको सवैधानिक नजिरका आधारमा सर्वोच्च अदालतले व्याख्या गर्ने उनले बताए।

प्रकाशित: ९ फाल्गुन २०७७ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App