२३ वैशाख २०८१ आइतबार
image/svg+xml

बादलले दिए देवकोटालाई बधाई

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन्।

सुरक्षा निकायलाई शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।

नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने

कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारीः गृहमन्त्री थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार गृहमन्त्री बादल

सत्तारूढ दल नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा 'बादल' लाई उम्मेदवार बनाएकाे छ।

उपनिर्वाचन थापालाई चुनौती

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ।

थापालाई सांसदबाट हटाउन पत्राचार

शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ।

गृहमन्त्री थापालाई पनि कारबाही, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई २४ घण्टे स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई कारबाही गरेको छ।

सरकार र थरुहट वार्ता 'सकारात्मक', बिहीबार पुनः बस्ने

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता सुरु भएको छ।

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा बन्याे वार्ता टोली

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा थरुहट-थारुवान संघर्ष समितिका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो।

भागरथी हत्याका दोषीलाई पक्राउ गरी छिट्टै कानूनी कठघरामा उभ्याइनेछ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्।

‘व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै’

गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन्।

नेकपा विवाद: गौतमको ढुलमुले चरित्रले तानातानमा थापा

दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने बताएको स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्