१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेता नेपालले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई सहयोग नगर्ने

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई सहयोग नगर्ने भएका छन्।

कोटेश्वरमा गृहमन्त्री थापासँगको भेटपछि उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने समाचारको खण्डन गर्दै नेता नेपालले गृहमन्त्री थापालाई सहयोग गर्न नसकिने प्रष्ट पारेको हो।

जेठ ६ गते हुने बाग्मती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको नेता नेपालको सचिवालयले जनाएको छ।

सचिवालयका मोहन गौतमले भने, ‘मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन।’

गृहमन्त्री थापा नेकपा (एमाले)मा गएपछि नेकपा (माओवादी केन्द्र) का सिफारिशमा पदमुक्त भएका थिए।

प्रकाशित: ४ जेष्ठ २०७८ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App