१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा बन्याे वार्ता टोली

सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा थरुहट-थारुवान संघर्ष समितिका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली गठन गरेको हो।  

थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न नेपाल सरकारले गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौंधरी सदस्य रहेका तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ। वार्ता आजैबाट सुरु हुने र त्यसले सफलता प्राप्त हुने विश्वास लिइएको छ।

प्रकाशित: १६ चैत्र २०७७ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App