५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारीः गृहमन्त्री थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संविधानको दिगो सम्वर्द्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन्। 

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले नेकपा एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताहरुले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे।

गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने बताए।

प्रकाशित: २४ वैशाख २०७८ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App